होमपेज / समाज
काठमाडौँ । प्रहरीले दुबई गएर श्रीमतीको हत्यारालाइ नेपाल लयाएकाे छ।श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले नेपाल ल्याएकाे हाे।
तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो।२०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागेका थिए। श्रीमतीको हत्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारागार चलान भइसकेका छन्।