ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाविरुद्धको भेरोसेल खोप भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाइने

नेपालगाथा २०७७ चैत्र ३० गते सोमबार १९:०२:५६ मा प्रकाशित

काठमाडौँ । चीनबाट अनुदान सहयोगमा प्राप्त कोरोना भाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोप भोली मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाउने भएको छ । भोलिदेखि ०७८ वैशाख ५ सम्म खोप उक्त उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए । चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो ।

१८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने उनले बताए । यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत चिनियाँ भेरोसेल खोप लगाउन पाउँछन् । छिमेकी मुलुक चीन सरकारले अनुदानमा ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top