होमपेज / समाज
कैलाली । कैलाली र कञ्चनपुरमा सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीमा १२ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ७२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीको धनगढीका ४ जना, जोशीपुरका तिन जना, जानकी गाउँपालिकाका एक जना,गोदावरी नगरपालिकाका २ टिकापुरका २ जनामा संक्रमण पुष्टि भएको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका २ जना र कृष्णपुर नगरपालिकाका एक जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।