ट्रेण्डिङ

होमपेज / समाज

फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपित सबैलाई सफाइ

नेपालगाथा २०७७ चैत्र २९ गते आइतबार १७:४६:२३ मा प्रकाशित

काठमाडौं । उच्च अदालत पाटन, हेटौंडाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपित सबैलाई सफाइ दिएकाे छ ।

चितवन जिल्ला अदालतकै फैसला उच्च अदालत, हेटौडाबाट सदर भएको हो । जिल्लाले अभियोग दावी नपुग्ने भन्दै १२ जना अभियुक्तलाई सफाइ दिने निर्णय गरेको थियो ।२४ भदाै २०७५ मा जिल्ला अदालत चितवनले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएकाे थियाे । त्यस बेला अर्का एकजना प्रतिवादी रुद्र आचार्य फरार थिए ।

कृष्णप्रसादका बुवा नन्दप्रसादको छोराका हत्यारालाई कारवाहीको माग गरी अनसन बसिरहेकै अवस्थामा मृत्यु भइसकेको छ । आमा गंगामाया अहिले पनि संघर्षरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top