होमपेज / समाज
काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।
बुढानिलकण्ठ नगरपालिका-१ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए।
सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएकाे र डढेलो लगभग नियन्त्रणमा रहेको छ । स्थानीयका अनुसार आइतबार बिहानदेखि डढेलो लागेको हाे ।