ट्रेण्डिङ

होमपेज / समाज

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

नेपालगाथा २०७७ चैत्र २९ गते आइतबार १६:४८:३५ मा प्रकाशित

काठमाडौं, २९ चैत काठमाडौं महानगरपालिका-२६ केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका-६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top