होमपेज / समाज
काठमाडौं, २७ चैत चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नुर्फिन सहित बारा कलैया उपमहानगरपालिका-४ घर भएका २० वर्षीय आश्रय आलमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागढुंगास्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७१९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।