होमपेज / समाज
काठमाडौँ– सिरहाको मिर्चैया-६ मा अवस्थित सगरमाथा उमाविमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।
गत मंगलबार विद्यालयका शिक्षक दिनेशचन्द्र ठाकुर (डीटी) ले विद्यार्थी कर्जन्हा-११ का शेखर महतोलाई कुटपिट गरेका हुन् । शिक्षकको कुटाइबाट कक्षा-७ मा अध्ययनरत १४ वर्षीय शेखरको तिघ्रामा नीलडाम बसेको छ ।
कुटपिटबारे जानकारी परिवारजनले बिहीबार मात्रै पाएका छन् ।अचानक ज्वरो आएको र हिँड्न पनि अप्ठ्यारो भएको देखेपछि सोध्दा छोरोले आफूलाई शिक्षकले कुटेको बताएको घाइते विद्यार्थीका बाबु भरत महतोले बताए । आफूले छोरोलाई पढ्न पठाएको तर यसरी नीलडाम हुने गरी कुटेको देख्दा दु:ख लागेको उनले बताए।