ट्रेण्डिङ

होमपेज / समाज

निर्माणाधिन २२ तल्ले धरहरा ठडियो : ७० जनाले एकैपटक दृश्यावलोकन गर्न सकिने

नेपालगाथा २०७७ चैत्र २५ गते बुधबार १५:१९:०७ मा प्रकाशित

काठमाडौं । सुन्धारामा निर्माणाधिन २२ तल्ले धरहरा लगभग ठडिएको छ । २०७२ बैशाखमा आएको भुकम्पले भत्काएको धरहरा त्यसको केही वर्षपछि पुनर्निर्माण शुरु गरिएको थियो । अहिले धरहराको निर्माण चरण अन्तिम अवस्थामा पुगेको छ । धरहरामा राखिने गजुरको काम पनि सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।

तामाको गजुरमा सुनले जलप लगाइनेछ । सो गजुर अहिले छाउनीमा रहेको र १२६ तोला सुन जलप गर्न बाँकी रहेको छ । प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ ।

प्राधिकरणका अनुसार धरहरामा चढ्नका लागि दुई वटा लिफ्ट र एउटा भ¥याङको प्रयोग हुनेछ । धरहराको २० औं तल्लासम्म लिफ्ट जानेछ । माथिल्लो बेसमा सीसाको बार राखिएको र त्यहाबाट एक पटकमा ७० जनाले अवलोकन गर्न मिल्नेछ । धरहराको औपचारिक उद्घाटन भने बैशाखको दोस्रो साता गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top