होमपेज / समाज
काठमाडौं । सुर्खेतको बीरेन्द्रनगरमा संचालित एक हप्ते नाटक अभिनय कार्यशाला सम्पन्न भएको छ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र आरङ्ग नेपाल सुर्खेतको स्थानिय व्यवस्थापनमा कार्यशाला गरिएको हो।
गत १८ गतेबाट सुरु भएको कार्यशालामा नाटकका सैद्दान्तिक,व्यवहारिक र प्राविधिक पक्षबारे जानकारी दिएको कार्यशाला संयोजक कलाकार यामनारायण आचार्यले जानकारी दिनुभयो।
गाउँ गाउँ नाट्यकर्मी उत्पादन गर्ने उदेश्यले गरिएको कार्याशालामा नेपालका चर्चित नाट्यकर्मी तथा कलाकार निर्देशक राजकुमार पुडासैनीले सहजीकरण गर्नुभएको छ।
समापन कार्यक्रममा प्रशिक्षणमा सहभागि कलाकारहरुले वन डढेलो र वन सम्पदाको चोरी निकासी तथा वायू प्रदुषणबारे चेतनामुलक नाटक प्रस्तुत गरेका छन ।
उनीहरुले नाटक सैद्दान्तिक,व्यवहारिक र प्राविधिक पक्ष बारे जानकारी भएको भन्दै यसले आगामी दिनमा नाट्यकर्म गर्ने उर्जा थपेको बताएका छन।
राज्यका अन्य निकाय जस्तै नाटक र कला क्षेत्रका संरचना पनि सबै प्रदेसमा स्थापना गर्न दबाब दिने उदेश्य सबै प्रदेसमा प्रशिक्षण कार्याशाला थालिएको मुख्य प्रशिक्षक पुडासैनीले बताउनु भयो ।
कार्यक्रममा कलाका प्रेमदेव गिरी गंगा केसी गणेशभक्त गौतम लगाएतले कर्णाली प्रदेसको राजधानी बीरेन्द्रनगरमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना र प्राज्ञिक संगठन निर्माणकालागि सबै क्षेत्रबाट सकारात्मक दबाब दिनुपर्ने औंल्याउनु भएको छ।
कार्यशालाको कार्यक्रमा कलाकार उमालाल आर्चाय डिलबहादुर गुरुङ लगाएतले कार्याशालाले कलाकारलाइ थप हौंसला र प्रेरणा दिएको भन्दै नाट्यकर्ममा लाग्ने सुझाव दिनुभयो ।आरङ्ग नेपालका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षता र वरिष्ठ रंगकर्मी प्रेमदेव गरिको मुख्य आतिथ्यतामा तालिम समापन गरिएको हो ।