होमपेज / समाज
काठमाडौं । काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराए ।
साथै सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि भनिएको छ। तर नाकाहरूमा कहिलेबाट एन्टिजेन परीक्षण सुरू गर्ने समय तोकिएको छैन। प्रमुख जिल्ला अधिकारी पराजुलीले त्यसका लागि स्थानीय तहहरूले नै समन्वय र कार्यान्वयन गर्ने बताए।
कोभिडको संक्रमण पुनः बढेको हुँदा यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।