ट्रेण्डिङ

होमपेज / समाज

अदालतबाट ६१ लाख जरिवाना तोकिएका फरार बरुण पक्राउ

नेपालगाथा २०७७ चैत्र २३ गते सोमबार १४:४२:५६ मा प्रकाशित

काठमाडौँ । अदालतले ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खोटाङको विजयखर्कका बरुण ढकाललाई आइतबार (हिजो) पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनले कमलाकुमारी राई र कल्पनाकुमारी राईलाई खातामा रकम नभएको चेक दिएर ठगी गरेको भन्दै बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा परेको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहँदै आएका थिए । उनलाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । पैसा नभएको आफ्नो खाताको कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक काटी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top