होमपेज / समाज
धनुषा, २२ चैत जनकपुर उपमहानगरपालिका-७ जानकीनगर बस्ने मनोज झाकी ४ वर्षीया छोरी राजनन्दनी झाको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
आफनै घर अगाडि खेल्ने क्रममा भुईमा झरेको बिद्युतको तारमा करेण्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि गोदावरी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।