ट्रेण्डिङ

होमपेज / समाज

आफ्नै शिशुको हत्या गरेको अभियोगमा युवती पक्राउ

नेपालगाथा २०७७ चैत्र २१ गते शनिबार १७:३३:५९ मा प्रकाशित

काठमाडौं । आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले कास्कीबाट एकजना युवतीलाई पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी गीतमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top