ट्रेण्डिङ

होमपेज / समाज

काँक्रेविहार संरक्षित क्षेत्रमा भिषण आगलागि

नेपालगाथा २०७७ चैत्र २१ गते शनिबार १७:२७:३९ मा प्रकाशित

सुर्खेत । सुर्खेतको पर्यटकिय स्थल काँक्रेविहार संरक्षित क्षेत्रमा भिषण आगलागि भएको छ । आगलागि दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयबासीले बताएका छन् । तर, हाल सम्म पनि आगो नियन्त्रणमा कुनै निकायले ध्यान दिन सकेको छैन् । आगलागि भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय प्रशासन वेखबर भएको स्थानीय नविना श्रेष्ठले जानकारी दिईन्।

आगलागि हुँदा काँक्रबिहार क्षेत्रमा रहेका जरायो लगाएतका जनावरहरुको भागाभाग स्थिती भएको छ। भर्खरै नेपाली सेना त्यहाँ पुगेकाले स्थानीय र नेपाली सेना आगो नियन्त्रणमा लागिरहेको बताईएको छ। झण्डै चार किलोमिटर क्षेत्रफलमा आगलागि भईसकेको स्थानीयले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top