ट्रेण्डिङ

होमपेज / समाज

फास्टट्रयाकको पुल र टनेल अन्तरगतको प्याकेज–२ को टेन्डर रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न निर्देशन

नेपालगाथा २०७७ चैत्र १९ गते बिहीबार १५:१९:३१ मा प्रकाशित

काठमाडौं । लेखा समितिले फास्टट्रयाक (द्रुतमार्ग)को पुल र टनेल अन्तरगतको प्याकेज–२ को टेन्डर रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

मकवानपुरको धोद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए । तर नेपाली सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र ‘प्रि–क्वालिफाइड’ ठहर गर्‍यो ।

सेनाले द्रुतमार्गअन्तर्गतको पुल र सुरुङ निर्माणको दुईवटा प्याकेजमध्ये पूर्व याेग्यता मूल्यांकनमा दुइवटा कम्पनी छनाेट भएकाे प्याकेज–१काे टेन्डर प्रक्रिया अगाडि बढाउन भने नरोक्ने निर्णय सार्वजनिक लेखा समितिले गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top