होमपेज / समाज
काेरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यका प्रवेश नाकामा कडाइ गरिने भएकाे छ ।कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको हाे।
ज्वराे र रूघाखाेकीकाे लक्षण पाइएमा उपत्यका प्रवेश गर्नेहरूको पीसीआर गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ।
सैबीच, लक्षणसहितका कोरोना संक्रमितको निःशुल्क पीसीआर गरिने मन्त्रालयका प्रवक्ता गौतमले बताए । संक्रमण बढ्दै गएकाले प्रयोगशालाहरूलाई तयारी अवस्थामा राखिने उनले बताए । ‘८४ वटा प्रयोगशालालाई तयारी अवस्थामा राख्छौं’, उनले भने, ‘सरकारी प्रयोगशालामा थप जनशक्ति परिचालन गर्छाैं ।’