ट्रेण्डिङ

होमपेज / समाज

एटिएम मेसिन ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा चिनियाँ नागरिक पक्राउ

नेपालगाथा २०७७ चैत्र १८ गते बुधबार १६:३६:२२ मा प्रकाशित

काठमाडौं । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । 

२९ वर्षीय चिनियाँ नागरिक वाङ छिलोङलाई ज्याठाबाट महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्गको टोलीले पक्राउ गरेको हो । 

मंगलबार साँझ एक चिनियाँ नागरिकले एटिएम बुथबाट रकम निकाल्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले ज्याठामा रहेको मेगा बैंकको एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी रकम निकाल्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । 

उनी बस्ने होटल खानतलासी गर्ने क्रममा ४ थान मोबाइल, १० वटा चाकी भएको झुप्पा, एटिएम कार्ड १० थान, एप्पलको म्याकबुक, पासपोर्टलगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top