होमपेज / समाज
काठमाडँ । भारतले नेपाली सेनालाई एक लाख डोज कोरोना भाइरस विरुद्धको खाप सहयोग गरेको छ । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उक्त परिणमको ‘कोभिसिल्ड’ खोप उपहार स्वरुप प्रदान गरेको हो । भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको उक्त खोप आइतबार काठमाडौँ आइपुगेको हो।
कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले उपलब्ध गराएको उक्त खोप केही दिनमा औपचारिक हस्तान्तरण हुने नेपाली सेनाले जानकारी दिएको छ। कोभिसिल्ड खोप नेपाल सरकारले समेत प्रयोग गरिरहेको खोप हो।
अक्सफोर्ड र एस्ट्राजेनिकाले विकास गरेको यो खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो। यसअघि पनि भारतले नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप अनुदान स्वरुप प्रदान गरिसकेको छ ।