होमपेज / समाज
काठमाडौँ – वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।
शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीको स्वास्थ्यमा जोखिम बढ्ने भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय हो ।