होमपेज / समाज
धनुषा, १६ चैत १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा बस्ने ४२ वर्षीय सत्यनारायण यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सत्यनारायणले ती बालिकालाई शनिबार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।