ट्रेण्डिङ

होमपेज / समाज

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ चैत्र १३ गते शुक्रबार १४:३७:२७ मा प्रकाशित

 

सुनसरी, १३ चैत आफ्नै श्रीमती ३१ वर्षीया कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।गम्भीर घाइते कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top