ट्रेण्डिङ

होमपेज / समाज

एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

नेपालगाथा २०७७ चैत्र १२ गते बिहीबार १६:२२:०४ मा प्रकाशित

काठमाडौँ–  महाेत्तरीमा आफ्नै घरबाट बेपत्ता भएका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शव महिना दिनपछि प्रहरीले फेला पारेको छ ।महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते रातिदेखि ओछ्यानसहित बेपत्ता भएका थिए ।

घरजग्गा कारोबारमा संलग्न रामबाबु यादव र हरेन्द्र ठाकुरले झा दम्पतीको हत्या गरेर पुरेको प्रहरीले दाबी गरेको छ । यादव र ठाकुरले जग्गा प्लटिङपछि बेचविखन गर्दै आएका थिए । झा परिवारको जग्गा पछाडि यादव र ठाकुरले जग्गा प्लटिङ गरेपनि त्यहाँ पुग्न बाटो भने थिएन । झा परिवारको जग्गा किनेर बाटो खुलाउने योजना यादव र ठाकुरको थियो ।

बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो।डीआईजी सिंहका अनुसार जति गर्दा पनि जग्गा नदिएपछि झा दम्पतीलाई मार्न उनीहरूले योजना बनाए । शव पुरिएको स्थान झा परिवारको घरदेखि ३ किलोमटिर दक्षिणमा पर्छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top