होमपेज / समाज
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको जानकारी दिए। बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १८ वर्षीया भागरथीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोर नै हत्या तथा बलात्कारमा संलग्न भएको प्रयोगशाला रिपोर्टले थप पुष्टि गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।