ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँमा मास्क नलगाउनेलाई कारबाही

नेपालगाथा २०७७ चैत्र ११ गते बुधबार २०:०७:४६ मा प्रकाशित

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो ।

कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी मुलुक भारतमासमेत कोभिड-१९ संक्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने उल्लेख गरेको छ । जोखिमलाई न्यूनिकरण गर्न सार्वजनिक स्थलमा भिडभाड नगर्न, होली घरमै मनाउन, सार्वजजिक स्थानमा मास्क, स्यानिटाजर र सामाजिकरभौतिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

सार्वजनिक स्थानमा मास्कको प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई संक्रमक रोग ऐन, २०२० बमोमिक कारबाही गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top