ट्रेण्डिङ

होमपेज / समाज

काेराेना कहरकाे एक वर्ष:सङ्क्रमणको जोखिम कायमै,पर्यटन क्षेत्रमा गहिराे चाेट

नेपालगाथा २०७७ चैत्र ११ गते बुधबार ११:४४:३३ मा प्रकाशित

काठमाडाैं । नेपालमा काेराेना सङ्क्रमण हुन थालेपछि एक वर्ष पूरा भएकाे छ । गत वर्ष चैत ११ गते काेराेना संक्रमण थप नफैलियाेस् भनेर सरकारले देशव्यापी लकडाउन गरेकाे थियाे ।गत साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन अन्त्य भएकाे छ । लकडाउन खुले पनि त्यसकाे गहिराे प्रभाव पर्यटन,उद्याेग कलकारखाना लगायतका अन्य व्यवसायीक क्षेत्रहरूले भाेग्दै आएका छन् ।

काेराेना संक्रमणविरूद्धकाे भ्याक्सिन बनेर पनि लगाउन थालिएकाे अवस्थामा फेरि विश्वमा संक्रमण दर बढ्न थालेकाे खबर बाहिर आएका छन् । भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएकाे हाे कि भन्ने आशंका गरिएकाे छ । महाराष्ट्र,पञ्जाव,हरियाणा लगायतका राज्यहरूमा पुनः लकडाउन र रात्रिकालिन कर्फयु सुरू गरिएकाे छ ।

तर नेपालमा भने संक्रमण दरमा कमि आएकाे छ । यद्पी काेराेनाकाे उच्च जाेखिममा भने नेपाल कायमै छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिममा परेकाे छ ।भारतमा कार्यरत नेपाली  घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।  सरकारले भारतसँग जाेडिएका मुख्य नाकामा निगरानीलाई कडा पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top