होमपेज / समाज
काठमाडाैँ। वरिष्ठ पत्रकार सुवास ढकाल नेपालखोज डटकमको प्रधान–सम्पादकमा नियुक्त भएका छन् । यसैगरी सम्पादकमा शम्भुराज रेग्मी नियुक्त भएका छन् ।
अध्यक्ष सुवास शर्माले नेपालखोज डटकमको केन्द्रीय कार्यालय महाराजगन्ज काठमाडौंमा मंगलबार प्रधान–सम्पादक ढकाल र सम्पादक रेग्मीलाई स्वागत गरे ।
ढकाल विगत २४ वर्षदेखि कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन साप्ताहिक तथा नारीमा प्रधान–सम्पादकको भूमिकामा थिए । पालखोजका प्रधानसम्पादक ढकाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष, एमनेस्टी इन्टरनेसनलका पूर्वमहासचिव, मानवअधिकार तथा शान्ति समाजका संस्थापक महासचिवसमेत हुन् ।