ट्रेण्डिङ

होमपेज / समाज

लोक सेवाद्वारा खरिदारको परीक्षा स्थगित

नेपालगाथा २०७७ चैत्र ९ गते सोमबार २०:४२:५४ मा प्रकाशित

काठमाडौँ। लोक सेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ । मङ्सिर २५ गते सूचना जारी गर्दै २०७८ वैशाख ६ गते देखि वैशाख १० गतेसम्मका लागि निर्धारण गरेको दोस्रो चरणको परीक्षा तालिका सार्वजनिक गरेको आयोगले सोमबार परीक्षा स्थगित भएको जानकारी गराएको हो ।

‘राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ वैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको दोस्रो चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ आयोगले भनेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको र परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाएको आयोगले परीक्षा स्थगित हुनुको कारणबारे भने केही खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top