ट्रेण्डिङ

होमपेज / समाज

१३ वर्षीया बालिकाकाे पोखरीमा डुबेर मृत्यु

नेपालगाथा २०७७ चैत्र ९ गते सोमबार १४:४०:११ मा प्रकाशित

काठमाडौं, ९ चैत सप्तरी, बिष्णुपुर गाउँपालिका-३ मुसहरनिया बस्ने ईन्द्र नारायण यादवकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, हंसपुर नगरपालिका-७ प्रसाही बस्ने अनिल साहको १ वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।

घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top