होमपेज / समाज
कास्की, ९ चैत पोखरा महानगरपालिका-८ सिमलचौरस्थित बुद्धिमाया तामाङको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ बस्ने ५६ वर्षीया सममायाँ गुरुङ समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएकोप्रहरीले नगद ६८ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ कामना टोलस्थित डेरा गरी बस्ने सन्य गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण गुरूङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।