ट्रेण्डिङ

होमपेज / समाज

हिरासत कक्षमा पुस्तकालय

नेपालगाथा २०७७ चैत्र ९ गते सोमबार १४:१२:५८ मा प्रकाशित

काठमाडौं । हिरासत कक्षमा पुस्तकालयविभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुर्रयाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । 

 ‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो ।  वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज उद्घाटन गर्दै पुस्तकालयले  उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचित सदुपयोग हुने बताउनुभयो ।  । 

 जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले न्यायिक हिरासतमा रहेकाको आचरण व्यवहारमा परिवर्तन ल्याउन हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top