ट्रेण्डिङ

होमपेज / समाज

जोशीका परिवारले सरकारले दिने १० लाख नलिने

नेपालगाथा २०७७ चैत्र ८ गते आइतबार १५:१८:१४ मा प्रकाशित

सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन अस्वीकार गरेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मस्तिष्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्वमन्त्री जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।तर, जोशीको परिवारले राज्यले सही मूल्यांकन नगरेको भन्दै सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने निर्णय गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले बताए । जोशीको परिवारले उक्त रकम विपन्न वर्गको उपचारमा खर्च गर्न सरकारलाई सुझाव दिएको उनले बताए । 

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको  बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top