होमपेज / समाज
काठमाडौं । रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो।
पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।