ट्रेण्डिङ

होमपेज / समाज

ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालगाथा २०७७ चैत्र ४ गते बुधबार १७:३८:३९ मा प्रकाशित

काठमाडौं, ४ चैत ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका-४ घोसीटोल बस्ने २० वर्षीय जुनेद हलवाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त जुनेद भारतको जिल्ला श्रावस्ती जमुनाह गाउँमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा र भारतीय प्रहरी उत्तर प्रदेश स्पेशल टास्क फोर्सको समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीलेनेपाल-भारत सिमा क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top