होमपेज / समाज
काठमाडौँ– नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।