ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

नेपालगाथा २०७७ चैत्र १ गते आइतबार १७:१९:४३ मा प्रकाशित

काठमाडौं, १ चैत काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.९२ प १४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भक्तपुर लोकन्थली बस्ने ६५ वर्षीया गणेश माया तिमल्सिना र मोटरसाइकल चालक काठमाडौं मुलपानी नयाँबस्ती बस्ने २८ वर्षीय राम कुमार श्रेष्‍ठ रहेका छन् । उक्त मोटरसाइकलले पैदलयात्री गणेश मायालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको केएमसी अस्पताल सिंनामगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं मुलपानी नयाँबस्ती बस्ने ४६ वर्षीय कुल बहादुर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top