ट्रेण्डिङ

होमपेज / समाज

जयकृष्ण गोइत समूहले लियाे सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मेवारी

नेपालगाथा २०७७ चैत्र १ गते आइतबार १७:१६:४५ मा प्रकाशित

काठमाडाैँ। सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत समूहले लिएको छ ।केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको बताएका छन्।

मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएकाे छ ।

बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top