होमपेज / समाज
जनकपुरधाम– सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ ।
घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।
आइतबार दिउँसो पौने १ बजेतिर भएको विस्फोटमा परी ७ जना घाइते भएका छन् । घाइतेमध्ये सरहाको विष्णुपुर गाउँपालिका–३ घर भई मातपोत कार्यालयमा नायब सुब्बाका रुपमा कार्यरत ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ का सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।