ट्रेण्डिङ

होमपेज / समाज

तास खेलिरहेको अवस्थामा पक्राउ

नेपालगाथा २०७७ चैत्र १ गते आइतबार १४:४२:२२ मा प्रकाशित

काठमाडौं, १ चैत दक्षिणकाली नगरपालिका-३ भन्ञ्याङस्थित जगन्नाथ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय जयराम केसी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ६० हजार १ सत ४७ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top