ट्रेण्डिङ

होमपेज / समाज

देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

नेपालगाथा २०७७ फाल्गुण २९ गते शनिबार ०९:४२:२५ मा प्रकाशित

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशर आंशिकदेखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागका एक दुर्इ स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आज दिनभर देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top