ट्रेण्डिङ

होमपेज / समाज

प्रणालीमा नचल्दा सहकारी संस्था समस्याग्रस्त

नेपालगाथा २०७७ फाल्गुण २८ गते शुक्रबार २०:१४:१५ मा प्रकाशित

काठमाडौँ–  राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले प्रणालीमा नचल्दा सहकारी संस्थाहरु समस्याग्रस्त हुने गरेको बताउनुभएको छ । 

नेपाल सहकारी पत्रकार समाज ९सीजेएन० र सहकारी विभागको संयुक्त आयोजनामा आजदेखि शुरु भएको सञ्चारकर्मी अभिमूखीकरण कार्यक्रममा उहाँले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पु¥याएको यस क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । 

नयाँ सहकारी ऐनपछि उत्पादन र बजारीकरणमा सहकारी क्रमशः जोडिँदै गएको उनको भनाइ छ । देशभरका ५०० भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताउनुभयो ।  

 सहकारी विभागको पछिल्लो तथ्याङ्कअनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक गरिए पनि एक लाखभन्दा बढीले रोजगारी पाएको हुनसक्ने अध्यक्ष कँडेलको भनाइ छ । 

सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको उहाँको भनाइ छ ।   ऐनले उत्पादन, बजारीकरणलगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरु पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष कँडेलले सहकारीले विशिष्टकृत सहकारी सङ्घमार्फत कृषि, आवासलगायतका क्षेत्रमा काम गरिरहेका छन् । आधा दर्जनभन्दा बढी विशिष्टकृत सहकारी सङ्घ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताए । 

दुई दिनसम्म सञ्चालन हुने तालीममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता  र न्यू मिडियामा वसन्त बस्नेत, मेमोरी पावर र मोटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिनु हुनेछ । समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा शुरु भएको तालीम शनिबारसम्म चल्नेछ । रासस 

प्रतिक्रिया

सम्बन्धित खवर

Top