ट्रेण्डिङ

होमपेज / समाज

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रंगेहात पक्राउ

नेपालगाथा २०७७ फाल्गुण २७ गते बिहीबार ११:२०:५३ मा प्रकाशित

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाललाई एक जना बिचौलियासँगै घुस रकमसहित पक्राउ गरेको हो ।

कर अधिकृत ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ । बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् ।

दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारको भनाइ छ । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top