ट्रेण्डिङ

होमपेज / समाज

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

नेपालगाथा २०७७ फाल्गुण २६ गते बुधबार २०:०६:०४ मा प्रकाशित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका साथै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

संविधानको धारा १३८ बमोजिम प्रधान्यायाधीश जबराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top