ट्रेण्डिङ

होमपेज / समाज

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

नेपालगाथा २०७७ फाल्गुण २६ गते बुधबार १६:३६:११ मा प्रकाशित

बारा, २६ फागुन निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीलेपक्राउ गरेको छ ।

रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शव ओछ्यानमै रहेको भन्नेसूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट
खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाईचन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको हो ।

पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कु सहित सोमबाररातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले
जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top