ट्रेण्डिङ

होमपेज / समाज

१ का मुख्य सहरमा रहेका म्यानपावरका शाखा कार्यालयहरूमा वैदेशिक रोजगार विभागकाे छापा

नेपालगाथा २०७७ फाल्गुण २६ गते बुधबार १५:५६:४९ मा प्रकाशित

काठमाडाैँ। प्रदेश १ का मुख्य सहरमा रहेका म्यानपावरका शाखा कार्यालयहरूमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।रोजगारीमा जाने कामदारसँग धेरै रकम उठाएको सूचना आएपछि विभागबाट शाखा अधिकृत रामप्रसाद पौडेलको नेतृत्वको टोली अनुगमन गएको हो । 

अनुगमन टोलीले विभागबाट अनुमति नलिई झापाको दमकमा शाखा कार्यालयका नाममा चलाइएको लायन्स इन्टरनेसनल (लाइसेन्स नम्बर ३४०) को कार्यालय सिल गरेको छ । यसैगरी, बिर्तामोडमा गरिएको अनुगमनका क्रममा मिमोसा ओभरसिजले पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिँदै गरेको पनि फेला परेको थियो । विभागको पूर्वस्वीकृतिबिना नै अन्तर्वार्ता लिने सो म्यानपावर कम्पनीको शाखा कार्यालयमा पनि अनुगमन टोलीले सिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top