ट्रेण्डिङ

होमपेज / समाज

हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझायाे

नेपालगाथा २०७७ फाल्गुण २४ गते सोमबार ०८:२७:३० मा प्रकाशित

काठमाडौँ– हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उहाँलाई बुझाएको हो । फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top