ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ फाल्गुण २३ गते आइतबार १७:०९:०५ मा प्रकाशित

काठमाडौं, २३ फागुन काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल नोर्फिन, ५ सय एम्पुल डाईजेपाम र ५ सय एम्पुल फेनारगन सहित पर्सा वीरगंज महानगरपालिका-१४ राधेमाई बस्ने २० वर्षीय फैयाज राउत गद्धीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसलाई जाँच गर्नेक्रममा बसमा सवार फैयाजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top