ट्रेण्डिङ

होमपेज / समाज

शुक्रबारको मौसम सामान्यतया सफा रहने

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार ०९:२८:५६ मा प्रकाशित

काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने भएको छ। पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा राति पनि वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top