ट्रेण्डिङ

होमपेज / समाज

बीएन्डसीलाई सम्बन्धन दिने केयुको निर्णय गैरजिम्मेवारपूर्ण: आठ पूर्वउपकुलपतिहरु

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार १९:४१:०८ मा प्रकाशित

काठमाडौँ । चिकित्सा शिक्षा ऐनको उपेक्षा गर्दै काठमाडौँ विश्‍वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी र गैरजिम्‍मेवारीपूर्ण कार्य गरेको भन्‍दै पूर्व उपकुलपतिहरुले आपत्ति जनाएका छन्। महेशकुमार उपाध्‍याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजङ्ग शाह, तोरणबहादुर कार्की, कैलाशकुमार प्‍याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

उनीहरुले विश्‍वविद्यालयको स्वायत्त र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनु पर्ने प्राज्ञहरुले कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्‍य भएको टिप्पणी समेत गरेका छन्। प्राज्ञिक मर्यादाको पालना गर्न भन्‍दै पूर्वउपकुलपतिहरुद्वारा विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको एन र कानुको मर्यादाभित्र रही अथवा त्‍यमा आवश्‍यक सुधार गरी चिकित्साशिक्षाको विस्तार गर्नुको साटो राज्‍यद्वारा अराजकताको व्‍यवहार हुनु भनेको विडम्बना नै हो।र समय छदै गल्तीलाई सुधारी आफ्नो तर्फबाट अपराधपूर्ण कार्य हुनबाट बची प्राज्ञिक मर्यादाको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौँ।’

उपकुलपतिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार झापाको एक कार्यक्रममा बीएन्डसी अस्पताललाई सम्बन्धन दिई चिकित्सा शास्त्र शिक्षा कार्यक्रममको सम्बन्धन दिने भनी दिएको अभिव्यक्तिको पनि आपत्ति जनाएका छन्। झापाको बीएन्डसी अस्पतालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन नपाएपछि काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएपछि पूर्व उपकुलपतिहरु आपत्ति प्रकट गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top