ट्रेण्डिङ

होमपेज / समाज

ताप्लेजुङका आगलागी पीडितलाई रु पाँच लाख दिइने

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार १७:५४:०२ मा प्रकाशित

काठमाडाैँ। गृहमन्त्री रामबहादुर थापाले आगलागी पीडितलाई प्रतिपरिवार रु पाँच लाख दिइने बताउनुभएको छ ।

गृहमन्त्रालयमा आज ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह रु पाँच लाख प्रतिपरिवार दिइने बताउनुभयो ।

मन्त्री थापाले आगलागी पीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार ८० कम्बल र ५० पाल उपलब्ध गराउने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top